Section 30
भिसा सुविधा सम्बन्धी व्यवस्था
(१) विदेशी लगानीका लागि अध्ययन, अनुसन्धान वा सर्भेक्षण गर्न आउने विदेशी नागरिकलाई छ महिनासम्मको गैर पर्यटक भिसा दिइनेछ।
(२) विदेशी लगानीकर्ता वा निजको एकजना आधिकारिक प्रतिनिधि र त्यस्तो लगानीकर्ता वा प्रतिनिधिको परिवारका सदस्यलाई तोकिएबमोजिमको न्यूनतम रकम बराबरको विदेशी लगानी कायम रहेसम्म नेपालमा बस्न व्यावसायिक भिसा दिइनेछ।
स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि “परिवारका सदस्य” भन्नाले विदेशी लगानीकर्ता वा निजको आधिकारिक प्रतिनिधिको पति वा पत्नी, आमा बाबु र नाबालक छोराछोरी सम्झनु पर्छ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि तोकिएको रकमभन्दा बढी लगानी गर्ने लगानीकर्ताको हकमा यस्तो सुविधा बढीमा दुई जनासम्म र निजको परिवारको सदस्यलाई मात्र उपलब्ध गराइनेछ।
(४) एकै पटक दश लाख अमेरिकी डलरभन्दा बढी रकम वा सो बराबरको परिवर्त्य विदेशी मुद्रामा विदेशी लगानी गर्ने विदेशी लगानीकर्ता वा निजको आधिकारिक प्रतिनिधि र त्यस्तो व्यक्तिको परिवारका सदस्यलाई तोकिए बमोजिमको न्यूनतम रकम बराबरको विदेशी लगानी कायम रहेसम्मको लागि आवासीय भिसा दिइनेछ।
(५) दफा २७ बमोजिम उद्योगमा काम गर्न आउने विदेशी विशेषज्ञ, प्राविधिक वा व्यवस्थापकीय कर्मचारी र्‌ निजको परिवारलाई गैर पर्यटक भिसा दिइनेछ।
(६) गैर पर्यटक भिसाको लागि कार्य सहमति र श्रम स्वीकृति दिने निकायले पन्ध्र दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी कार्य सहमति र श्रम स्वीकृति दिने वा नदिने सम्बन्धी निर्णय गरिसक्नु पर्नेछ।
(७) भिसा सुविधा सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।